धेरै पटक तपाई जीवनमा निराशाको बाटो भएर जानुभएको हुन सक्छ । तपाइको वरपरको वातावरण राम्रो भए पनि । तपाई भने मन भित्र देखि नै फरक महसुस गरिरहनु भएको हुन सक्छ । संसार बदल्ने सक्ने क्षमता तपाईसँग भए ता पनि तपाई आफैसँग हार खाइरहनु भएको हुनसक्छ । तपाइको साइनो, अवस्थाहरु दिन प्रति दिन झनै विग्रेर तपाइका सपनाहरुको कुठारा घात भएको हुन सक्छ। यस्तो अवस्थामा निराशाको कालो बादल देखि निस्कन सक्नुभएको छैन भने तपाइको निम्ति एउटा नयाँ आशा छ ।
परमेश्वर तपाइलाई भन्नुहुन्छ। यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु।
(बाइबल)
यदि तपाई जीवनका यस्ता परिस्थितिहरु देखि डराउनुभएको छ र निराश महसुस गरिरहनु भएको छ भने परमेश्वरमा तपाइको लागि एउटा नयाँ आशा छ उहाले तपाइलाई बलियो बनाउनुहुन्छ र जीवनको सबै परिस्थिति उहाँ तपाइको साथमा हुनुहुन्छ।
के तपाइ यस्तो परमेश्वरसँग सम्बन्ध बढाँउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने,
तपाइले यो प्रार्थना गर्न सक्नु हुन्छ।
परमेश्वर पिता मैले जीवनमा निकै नै निराश महसुस गरिरहेको छु । मेरो जीवनका परिस्थित ठिक छैनन् मेरा सम्बन्धहरु, अवस्थाहरु विग्रेका छन। मलाई तपाईंको मद्दत चहिएको छ ताकी म यो निराशाबाट आशामा जिउन सकु मलाइ सहायता गर्नुहोस मलाइ बल दिनुहोस । आमेन...
नयाँ आशा
परमेश्वरमा नयाँ आशा छ !
के तपाईंले यो प्रार्थना गर्नुभयो ?